आयोजक सहारा आहा रारा गोल्डकपको सेमिफाइनलमा युनाइटेड सिक्किम २-० ले पराजित -

Sahara-Vs-Sikkimka,-Aaha-Ra
  • सहारा र युनाइटेड सिक्किमका खेलाडीहरु प्रतिस्पर्धा गर्दै । तस्वीर : उमेश पुन/अनलाइनखबर
सन्देश श्रेष्ठ
९ माघ, पोखरा । आयोजक सहारा क्लब पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा पाहुना टोली भारतको युनाइटेड सिक्किम एफसीलाई दुई-शून्य गोलले पराजित गर्दै आयोजक सहारा सेमिफाइनलमा प्रवेश गरेको हो ।
पहिलो हाफमा विपक्षी टिमको खेललाई बुझ्नको लागि पर्ख र हेर गर्दै खेलेको सहाराले दोश्रो हाफमा दुबै गोल गर्‍यो । सहाराका लागि अफि्रकन खेलाडी एल्विसले ५९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । बुद्ध तामाङको क्रसमा उनले उत्कृष्ट हेड गोल गरेका हुन् ।
दोश्रो गोल भने खेल सकिन २ मिनेट अघि भएको थियो । ८७ औं मिनेटमा सहाराका शिव सुवेदीले गोल गर्दै जित सुनिश्चित गरे । डि-एरिया नजिक रहेका उनले शिव श्रेष्ठको पासमा फस्ट बार च्यापेर हानेको बलले सिधै जाली चुमेको थियो ।
सिक्किमले गोल गर्ने केही राम्रा अवसर खेर फालेको थियो भने दुई वटा उत्कृष्ट कर्नर किक सहाराका गोलकिपर विनय श्रेष्ठले विफल पारेका थिए । सिक्किमका सुसन गुरुङले प्रहार गरेको कर्नर किक सहाराका गोलकिपर विनयले दुबैपटक पञ्च गरेर मुश्किलले बचाए ।
जितपछि पोष्ट म्याच कन्फरेन्समा बोल्दै सहाराका प्रशिक्षक किरण श्रेष्ठले विपक्षी पनि राम्रो भएकाले पहिलो हाफमा विपक्षीको खेल बुझ्न समय लागेकाले दोश्रो हाफमा मात्रै गोल गर्न सफल भएको बताए । उनले घरेलु मैदानमा दर्शकको सपोर्ट र खेलाडी लयमा भएकाले जित निकाल्न सफल भएको बताए ।
रेफ्रीप्रति गुनासो

Share this

Related Posts

Previous
Next Post »