पुरुषहरुलाई सुत्केरी तालीम दिने यो कस्तो कक्षा? तपाइ पनि लिने कि!

पुरुषहरुलाई सुत्केरी तालीम ! होइन, सुत्केरी स्याहार्ने तालीम होला । आफ्नी सुत्केरी श्रीमतीको राम्रोसँग स्याहार सुसार गर्ने तालीम दिनु त राम्रै हो नी भन्नेहोला । तर होइन, पुरुषहरुलाई सुत्केरी स्याहार्ने तालीम नभै साँच्चीकै सुत्केरी तालीम पो दिइन्छ त्यहाँ । 

चीनमा पुरुषहरुलाई १० दिने मिस्टर मम्मी नामको सुत्केरी कक्षा प्रदान गरिएको छ । त्यसमा पुरुषहरुलाई बच्चा जन्माएपछि महिलाले भोग्ने समस्या तथा गर्नुपर्ने कामका विषयमा तालीम दिइन्छ, व्यवहारिक रुपमा ।

वास्तवमा पुरुषलाई बच्चा पाउनु पर्दैन । त्यसैले बच्चा जन्माउने तथा बच्चा जन्माइसकेपछि त्यसलाई गर्नुपर्ने स्याहार सुसार तथा भोग्नुपर्ने पीडा तथा समस्याका विषयमा पुरुषलाई थाहा हुने कुरै भएन । तर यो चिनिया कक्षाले पुरुषलाई सुत्केरी महिलाको व्यथा तथा बच्चाको स्याहारका विषयमा वास्तविक अनुभुति दिलाउँछ ।

चीनको पश्चिम सांघाइस्थित एक अनलाइन कन्सल्टेन्सी संस्थाले पुरुषलाई सुत्केरी तालिम दिएको हो, आफ्नो व्यापार प्रबर्धनको एक अभियानका रुपमा । चीनमा नयाँ आमा बन्नु कस्तो हुन्छ ? भन्ने शीर्षकको उक्त तालीमका लागि ३ जना पुरुषलाई १५ सय डलर दिएर १० दिनसम्म सुत्केरी बन्न लगाइयो ।

Share this

Related Posts

First